आइतबार, जेठ ५, २०८२
४० लाख बढी युक्रेनीले देश छाडे


रासस-एएफपी
मार्च ३०, २०२२

युक्रेनी शरणार्थीहरु पोल्याण्ड जान रेल चढ्ने क्रममा पोलिस युक्रेनी सीमामा । तस्बिर एएफपी
जेनेभा, १६ चैत–रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्यांकले बुधबार देखाएको छ ।
युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले जनाएअनुसार ४, ०१९, २८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमणपछि देशको सिमाना पार गरी भागेका थिए ।
ती मध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए ।
रुसले युक्रेनमा सैन्य गतिविधि कम गरेको दावी गरेपनि बमबारी भइरहेका समाचार छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५