शुक्रबार, वैशाख ७, २०८१
15:46 | २०:३१

पोर्चुगलमा नयां सरकार, इतिहासमै पुरुष भन्दा महिला मन्त्री बढी

रासस–एएनआई/सिन्ह्वा मार्च २४, २०२२

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टा

लिस्बन (पोर्चुगल), १० चैत–पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन् । सो प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गरेका छन् ।

कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ।

पुरुष भन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ । जसमा राष्ट्रिय रक्षा मन्त्री हेलेना कारेरास सो पद ग्रहण गर्ने पहिलो महिला हुनेछिन्।

प्रधानमन्त्री–निर्वाचित एन्टोनियो कोस्टाले बताएअनुसार नयाँ सरकारको “बलियो राजनीतिक आधार“ छ जुन “पोर्तुगाली समाजमा विविध अनुभवहरू“ भएका व्यक्तिहरू मिलेर बनेको छ ।

नयाँ मन्त्रीहरुको शपथ ग्रहण चैत ३० गते हुने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू