शुक्रबार, वैशाख १४, २०८१
17:53 | २२:३८

विभाजनबाट जोगियो एनआरएनए, बहुअध्यक्ष प्रणालीमा जुट्यो सहमति

नेपाली लिङ्क मार्च २२, २०२२

संयुक्त पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासीत्रय थापा, केसी र आचार्य ।

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को भावी नेतृत्वका तीनै दाबेदारबीच अन्तत: सहमति जुटेपछि संस्था विभाजनको मुखबाट जोगिएको छ ।  

अध्यक्षका प्रत्यासीत्रय डा बद्री केसी, कुल आचार्य र रविना थापाबीच यही मार्च २४-२५ लाई तय महाधिवेशन ‘एकता महाधिवेशन’ का रुपमा सम्पन्न गर्ने सहमति बनेको छ ।  

मंगलबार अध्यक्ष कुमार पन्तसहित तीनै अध्यक्ष प्रत्यासीले काठमाडौँस्थित संघको सचिवालयबाटै पत्रकार सम्मेलन गरी संस्थाको एकताका खातिर आफूहरु सहमतिमा पुगेको बताएका छन् ।  

स्रोतका अनुसार उनीहरुबीच बहुअध्यक्ष बन्ने र अन्य पदहरु पनि थप गरी सहमतिमै नयाँ नेतृत्व चयन गर्ने सहमति बनेको छ।  

यता, अध्यक्षका प्रत्यासीहरुबीच बनेको सहमतिप्रति शेष घले भने असन्तुष्ट छन्। फलस्वरूप उनले यसअघि नै आव्हान गरेको अधिवेशन मंगलबार शुरु गराएका छन्। 

पछिल्लो सहमतिपछि कुल आचार्य पक्ष घलेको अधिवेशनमा सहभागी भएको छैन । तर घले समूहले आफ्नो अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन समेत गर्ने दावी गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू