शुक्रबार, वैशाख १४, २०८१
14:35 | १९:२०

युक्रेन युद्ध- हरेक एक सेकेन्डमा एक नाबालक शरणार्थी बन्दै

रासस- एएनआई मार्च १६, २०२२

तस्विर एएफपी

किभ- युक्रेनमा प्रति सेकेन्ड एक नाबालक युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । 

रूसी आक्रमण सुरु भएदेखि अहिलेसम्म पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कूल संख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसंघको प्रारम्भिक तथ्यांक छ । 

अहिले यूक्रेनबाट छिमेकी देशहरूमा मानिसहरूको प्रवाह ३० लाखभन्दा बढी पुगेको ठानिएको छ।यीमध्ये लगभग एक लाख ५७ हजार तेस्रो देशका नागरिक अन्तरराष्ट्रिय आप्रवासी संगठन (आईओएम) का प्रवक्ता पल डिलनले बताए । 

फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन् । गत २० दिनको दौडान यूक्रेनमा हरेक दिन ७०,००० भन्दा बढी केटाकेटी शरणार्थी भएका छन्। 

संयुक्त राष्ट्र बाल कोषका प्रवक्ता जेम्स एल्डरका अनुसार हरेक मिनेट ५५ जना बालबालिका देश (यूक्रेन) छोडेर विदेशिने गरेका छन्।

युक्रेनमा  हिंसाबाट भागिरहेका १० मध्ये नौ जना महिला तथा केटाकेटीहरू रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसंघको सञ्चारमामिला हेर्ने संगठन ‘यूएन न्युज’ ले उल्लेख गरेको छ । युवाहरू अपरिचित नयाँ वातावरणमा आइपुग्दा तस्करहरूको शिकार भइरहेको आशंका पनि गरिएको छ। 

प्रवक्ता एल्डरले भने, ‘मैले भ्रमण गरेको सीमाक्षेत्र खासगरी मेडीका, पोल्याण्डदेखि युक्रेनको राजधानी कीभसम्म कीभबाट आएको जनाउँदै कीभ नाम उच्चारण गर्ने हजारौँ मानिसहरू शहरहरूको बस र मिनीबस वरिपरि व्यवस्थापनको खोजीमा उभिरहेका भेटेको थिएँ। उनीहरू कम्तीमा पनि एक हप्ताअघि ती सीमाहरूमा पुगेका थिए ।’  

उनले भने, ‘निस्सन्देह, अधिकांश मानिसहरू अद्भुत मनसाय र ठूलो उदारता भएका मानिसहरू हुन् तर युरोपमा तस्करीबारे हामीले बुझेको कुरालाई विचार गर्दा यो अझै पनि एकदमै गम्भीर मुद्दा भएको छ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू