शनिबार, वैशाख ८, २०८१
15:30 | २०:१५

१३ हजार बढी रूसी सेना मारिएको यूक्रेनको दावी   

रासस-एएनआई मार्च १५, २०२२

तस्बिर एएफपी

कीभ । रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

रूसले यूक्रेनी भनाईको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई सान्त्वना दिन उक्त दावी गरेको तर यूक्रेनले भनेजति सङ्ख्यामा रूसी सुरक्षाकर्मीको मृत्यु नभएको बताएको छ ।

यूक्रेनी परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार युद्धका क्रममा विभिन्न प्रकारका एक हजार २७९ रूसी हातहतियार, लडाकू विमान, ९५ हेलिकोप्टर, १५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६४० गाडी र ६० भवनहरूलगायतका बन्दोबस्तीका समान ध्वस्त भएका छन् ।

मस्कोले यूक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै आएका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको रूपमा मान्यता दिएको तीन दिनपछि सैन्य कारबाही थालेको मङ्गलबार २० दिन पुगेको छ ।

यसैबीच यूक्रेनी राजधानी कीभमा रूसी सेना प्रवेश गरेपछि युद्धमा सर्बसाधारणको मृत्यु नहोस भनी शहरी क्षेत्रमा लगाइएको निषेधाज्ञा आदेशलाई मार्च १७ (चैत्र ३) गतेसम्मका लागि थप गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू