सोमबार, जेठ ७, २०८१
22:34 | ०३:१९

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको पहिलो व्यवसायिक उडान

रासस मार्च १४, २०२२

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो व्यवसायिक उडान भर्ने भएको छ ।

जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ ।

प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले हाल काठमाडौँमा समेत नियमित उडान गरिरहेको छ ।

हालै यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आगामी वैशाख १ गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्नेछ । उपमहानिर्देशक कर्णले गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने जानकारी दिए । उनले व्यवसायिक उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू