शुक्रबार, वैशाख १४, २०८१
22:48 | ०३:३३

नेपालमा दैनिक संक्रमितको संख्या एक सयको हाराहारीमा

हालसम्म ११ हजार ९४३ जनाको मृत्यु

रासस मार्च ३, २०२२

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ४४८ जनाको पिसीआर परीक्षण गर्दा ७० जना र दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँमा १८, भक्तपुरमा दुई र ललितपुरमा पाँच गरी काठमाडौँ उपत्यकामा २५ कोभिड संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको सङ्ख्या दुई हजार २९० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२० कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी हाल सात हजार ५१७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये सात हजार ३४९ होम आइसोलेशनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेशनमा छन् ।

कोरोनाका बिरामीमध्ये ६१ आइसीयू र नौ जना भेन्टिलेटरमा उपचाररत् छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको सङ्ख्या ११ लाख १६ हजार ७६१ छ । नौ लाख ५७ हजार ८०८ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा तीनको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४३ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू