शनिबार, वैशाख ८, २०८१
02:41 | ०७:२६

नेपालमा घट्दै संक्रमण, थप १५८ जनामात्र पुष्टि  

रासस मार्च १, २०२२

काठमाडौँ–देशभर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७७ हजार ७६ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ४५३ छ ।

पछिल्लो समय थप ३५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार १६७ पुगेको छ । संक्रमणमुक्त हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उता, थप दुई जनाले कारोनाबाट ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३८ पुगेको छ ।

त्यसैगरी पछिल्लो समय एक लाख आठ हजार १४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ९७१ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू