बुधबार, वैशाख २६, २०८१
22:28 | ०३:१३

प्रधानसेनापति शर्मासँग बेलायती सेनाका लेफ्टिनेन्ट जनरलको भेट   

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२२

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचर्ड वार्डल ओबीले शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटवार्तामा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उच्चस्तरीय यस्ता भेटले दुई देशका सेनाबीच रही आएको मित्रवत सम्बन्ध थप सुमधुर तुल्याउन योगदान पुग्ने सेनाको विश्वास छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू