बिहीबार, वैशाख १३, २०८१
04:55 | ०९:४०

एमसिसीबारे सहमति नजुटेपछि संसद बैठक स्थगित

रासस फ्रेब्रवरी २४, २०२२

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची थियो । 

संसद् भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो ।

बिहीबार दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार भोलिका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू