शुक्रबार, वैशाख ७, २०८१
22:57 | ०३:४२

संसद् बैठकमा एमसिसीमाथि छलफल बिहीबार

रासस फ्रेब्रवरी २३, २०२२

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसद्मा बिहीबारदेखि छलफल प्रारम्भ हुने भएको छ ।

प्रतिनिधिसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-७८’ पेश गर्ने कार्यसूची तय गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू