बिहीबार, वैशाख १३, २०८१
20:32 | ०१:१७

कमल थापाको राप्रपा (नेपाल) को एजेण्डा हिन्दू राष्ट्र, राजसंस्थालाई सम्मान

रासस फ्रेब्रवरी १९, २०२२

राप्रपा (नेपाल) घोषणा गर्न शनिबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापालगायत । तस्वीर- कृष्णराज गौतम, रासस

काठमाडौं । राप्रपा (नेपाल) का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताएका छन् । यहाँ आज आयोजित पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थालाई सम्मान तथा जनतामा केन्द्रित संवद्र्धनवादको चिन्तनलाई प्राथमिकतामा राखेर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले मुलुकमा विसं २००७ देखि अहिलेसम्म विभिन्न रजनीतिक प्रणालीका साथै आधा दर्जन संविधान प्रयोग भइसकेको भए पनि स्थायित्व हुन नसकेकाले जनताको जीवनस्तर परिवर्तन हुन नसकेको बताए ।

अध्यक्ष थापाले विविधताले भरिएको देशमा सबै जाति समुदायका मौलिक संस्कृतिको संरक्षण गरी सनातन हिन्दू राष्ट्र कायम गर्न सकेमा मात्र राष्ट्रिय एकता बलियो हुने विचार व्यक्त गरे ।

विगतमा पार्टी ठूलो बनाउने नाममा आफूले अस्वभाविक सम्झौता गरेकामा पश्चाताप व्यक्त गर्दै उनले भने, “मैले राप्रपा फुटाएको छैन्, राप्रपा सैद्धान्तिकरूपमा विचलित भएको छ, जीवन्त राष्ट्रवादी शक्तिको खाँचो छ ।”

अध्यक्ष थापाले विगत पाँच वर्षको अलमलले पार्टीको पहिचान गुमेकाले आफूहरू भूमिकाविहीन भएको प्रष्ट पारे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू