शुक्रबार, वैशाख १४, २०८१
22:45 | ०३:३०

नेपालमा थपिए ४३७ नयाँ संक्रमित

रासस फ्रेब्रवरी १८, २०२२

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ९१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सपीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७५ हजार १३२ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ४१२ छ । पछिल्लो समय थप दुई हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४८ हजार ७८४ पुगेको छ । यो दर ९६ दशमलव ३ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

दुईको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दूई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय एक लाख २४ हजार ८६७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १४ हजार ४३५ छ । अहिले होम आइसोलेशनमा १३ हजार ८२८ छन् ।

त्यसैगरी संस्थागत आइसोलेशनमा ६०७ आइसीयूमा १४४ र भेन्टिलेटरमा २३ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू