मंगलबार, वैशाख ९, २०८२
राजनीतिक दलको महाअभियोगप्रति बार सकारात्मक


रासस
फ्रेब्रवरी १३, २०२२
काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग प्रस्ताव दर्ता गर्नु सकारात्मक कदम भएको जनाएको छ ।
बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधानबमोजिम निष्कर्षमा पुरयाउन प्रतिनिधिसभाका सम्पूर्ण राजनीतिक दल तथा सांसदहरुको थप सकारात्मक पहल गर्न आवश्यकता भएको उल्लेख छ ।
बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महाअभियोग प्रस्ताव पारित गराउन सकारात्मक पहल गर्न सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदज्यूलाई हार्दिक आह्वान पनि गर्दछौँ ।”
बारले न्यायालय शुद्धीकरण गर्न माग गर्दै १०७ दिनसम्मदेखि आन्दोलन गर्दै आएको थियो । प्रधानन्यायाधीश राणाविरुद्ध आजै संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५