शुक्रबार, चैत १६, २०८०
09:30 | १५:१५

फ्रान्समा एकै दिन पाँच लाख बढी संक्रमित    

२४ घन्टामा ३६४ को मृत्यु

रासस-सिन्ह्वा जनवरी २६, २०२२

पेरिस । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन् ।

फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ५ लाख १ हजार ७७९ जनामा संक्रमण देखिएको हो ।

फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दैनिक बढिरहेको अधिकरीहरुको भनाइ छ । यहाँका स्वास्थ्य मन्त्रीले अहिले आइसियुमा भर्ना हुने संक्रमितको संख्या भने घटेको बताएका छन् ।

पछिल्ला समयमा यहाँ अस्पताल भर्ना हुने विरामी पनि घटेका पाइएको हो ।यहाँका अस्पतालका अघिल्लो हप्तासम्म करिब ४ हजार जना संक्रमित भर्ना भएकामा अहिले त्यसमा आधभन्दा बढी कमी आएको छ । उता गएको २४ घन्टामा मृत्यु भने ३६४ जना पुगेको पनि बताइएको छ ।

फ्रान्समा अहिलेसम्म कोभिडबाट १ लाखभन्दा बढीको मृत्यु भएको बताइएको छ । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् । युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र फैलिएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू