बुधबार, जेठ ४, २०७९
19:40 | ००:२५

रुसले युक्रेनमा आफूप्रति बफादार सरकार बनाउन खोजेको बेलायतको आरोप

रासस/एएफपी जनवरी २३, २०२२

लण्डन, ९ माघ–रुसले युक्रेनलाई आफू अनुकुलको नेतृत्व ल्याउन खोजेको आरोप बेलायतले लगाएको छ ।

बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दावी गरेको हो ।

बेलायतका विदेशमन्त्री लिज ट्रसले अस्वभाविक टिप्पणी गर्दै युक्रेनका पूर्व सांसद यभन मुराएभ रुसको सम्भावित उम्मेदवार भएको आरोपसमेत लगाइन् । मुराएभलाई युक्रेनको सत्तामा ल्याउन रुसले आवश्यक परे सैन्य शक्तिसमेत प्रयोग गर्ने बेलायतले बताएको छ ।

रुसले भने युक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नरहेको दोहोरयाउँदै अमेरिकी नेतृत्वको पश्चिमा जगतको आरोपलाई आधारहीन आशंकाको संज्ञा दिँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू