बुधबार, वैशाख १२, २०८१
20:32 | ०१:१७

कोभिडका कारण न्यूजिल्याण्डकी प्रधानमन्त्रीको बिहे 
रद्द

रासस–एएनआई जनवरी २३, २०२२

वेलिंग्टन न्यूजिल्याण्ड, ९ माघ–न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन संक्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छन् । उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी हुन् ।

उनले मानिसको ठूलो भीड हुने बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम स्थगित गर्न सुझाव समेत दिएकी छन् ।

यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउन समेत सबैमा आग्रह गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू