बिहीबार, वैशाख १३, २०८१
00:27 | ०५:१२

फ्रान्समा युरोपकै सबैभन्दा बढी संक्रमित, एकै दिन ४ लाख ६४ हजार

रासस-सिन्ह्वा जनवरी १९, २०२२

तस्बिर-सिन्ह्वा

पेरिस, ५ माघ–फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा संक्रमित देखिएका छन् ।

फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण देखिएको हो ।

फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको अधिकरीहरुको भनाइ छ । यहाँका स्वास्थ्य मन्त्रीले अहिले करिब चार हजार जना संक्रमित आइसीयूमा भर्ना भएका जानकारी दिएका छन् ।

यहाँका अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएका पनि जानकारी दिइएको छ । फ्रान्समा पछिल्लो समयमा दिन प्रतिदिन कोभिडका संक्रमित बढेका छन् ।

फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् ।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू