शनिबार, वैशाख १५, २०८१
22:08 | ०२:५३

युरोपेली संसदको अध्यक्षमा माल्टाकी मेट्सोला निर्वाचित

रासस/सिन्ह्वा जनवरी १८, २०२२

युरोपेली संसदको अध्यक्षमा निर्वाचित मेट्सोला (बीच) मा । तस्बिर- एपी

ब्रसेल्स, ४ माघ–युरोपेली संसदको अध्यक्षमा माल्टाकी रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मंगलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।

यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भएकी हुन् ।

युरोपेली संसदको नेतृत्व चयनका लागि मतदान गर्ने अधिकार भएका ६१६ जनामध्ये ४५८ जनाले मेट्सोलाको पक्षमा मतदान गरेका थिए ।

अहिले ४३ वर्षकी मेट्सोला युरोपेली संसदको अध्यक्षमा सबैभन्दा कान्छो उमेरमा निर्वाचित भएकी हुन् । त्यसैगरी उनी तेस्रो महिला अध्यक्ष हुन् ।

उनी यसअघि सन् २०२० नोभेम्बर देखि युरोपेली संसदको प्रथम उपाध्यक्ष थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू