शनिबार, वैशाख ८, २०८१
03:39 | ०८:२४

चीनले सिरिया पठायो ४ हजार टन चामल

रासस/सिन्ह्वा जनवरी १७, २०२२

सिन्ह्वा

दमासकस, ३ माघ- चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले प्राप्त गरेको हो ।

सिरियामा पछिल्लो समयमा द्धन्द्ध तथा खडेरीका कारणले खाद्य संकट परेको छ । चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको थियो । पछिल्लो समयमा पठाइएको ४ हजार टन चामल सिरियाको राजधानी दमासकसमा प्रदान गरिएको छ ।

आइतबार दमासकसमा आयोजित एक कार्यक्रममा सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई सो सामान हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा सिरियाली रेडक्रसका प्रमुख खालिदले चीन सरकारलाई धन्यवाद दिए । उनले संकटका समयमा चीनले गरेको यो सहयोग अमूल्य रहेको बताए ।

त्यसैगरी चिनियाँ राजदूत फेङले आगामी दिनमा पनि चीनले यस्तो मानवीयता सहायता कार्यलाई निरन्तरता दिने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू