शुक्रबार, चैत १६, २०८०
10:12 | १५:५७

सञ्चारकर्मी मिलन तमु र रामकुमारको रोधिघर भाग ३ आउंदै

नेपाली लिङ्क जनवरी ६, २०२२

लन्डन । नेपाली मौलिक गीतहरुको संगालो रोधिघर (चुट्का/कौह्रा) को भाग ३ बन्ने भएको छ ।

रोधिघर भाग १ र २ को अपार सफलतापछि गीतकार एवम् बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र गायक, संगीतकार तथा रचनाकार रामकुमार (आरके) गुरुङले तेस्रो भाग ल्याउने तयारी थालेका हुन् । नयाँ म्यूजिक भिडियोको छायांकन र रेकर्डिङ नेपालमै हुने सर्जक तमुले जनाए ।

भूपू ब्रिटिस आर्मी एवं फोटोग्राफर समेत रहेका तमु र आरके गुरुङले २०७५ सालमा रोधिघर भाग २ ल्याएका थिए । ‘पहिलो र दोस्रो भाग धेरैले मन पराउनुभयो । त्यसैले नयाँ भाग तयार गर्दैछौं,’ गीतकार तमुले भने । यसअघि नै रोधिघर भाग ३ ल्याउने तयारी भए पनि कोरोना भाइरस महामारीका कारण ढिला भएको तमुको भनाइ छ ।

नयाँ गीतमा पुरुष आवाज आरके गुरुङले दिनेछन् । महिला स्वरका लागि भ्वाइस अफ नेपाल तथा नेपाल आइडलमा जोडिएका कलाकारहरुसँग कुराकानी भइरहेको तमुले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू