शनिबार, जेठ ५, २०८१
13:00 | १७:४५

बेलायतवासी सपन-ममताको ल्होछार गीत सार्वजनिक (भिडियो)

नेपाली लिङ्क डिसेम्बर २५, २०२१


लन्डन । बेलायतवासी गायक गायिका सपनकुमार राई र ममता गुरुङको ल्होछार गीत शनिबार सार्वजनिक भएको छ । ‘ल्होछारको शुभकामना’ बोलको गीत र म्यूजिक भिडियो क्रिसमसका दिन सार्वजनिक भएको हो ।

गायक-गायिका राई र गुरुङको स्वरमा उक्त गीत बेलायतमै रेकर्ड गरेपछि बांकी प्राविधिक काम र म्यूजिक भिडियो नेपालमै बनाइएको हो ।

रत्ना गुरुङले सृजना गरेको उक्त गीतले तमुहरुको महान मौलिक पर्व ल्होछारको महत्व दर्शाएको छ । गीतमा अनिस योन्जन (च्याङ्बा) ले संगीत दिएका छन् । एरेन्ज, मिक्सिङ र मास्टरिङ सुन्दर लामाको छ ।

त्रिताल म्यूजिकले प्रस्तुत गरेको उक्त गीतको भिडियो निर्देशन निर्मल लामा (बिजी) ले गरेका छन् ।

गायक सपनकुमार राईले आफ्नो नयां गीत आइतबार अल्डरसटस्थित एम्पायर हलमा हुने तमुधिं यूकेको ल्होछारमा गाउने तयारी रहेको बताए । सपनको लकडाउनपछि सार्वजनिक यो पहिलो नेपाली गीत हो ।

राईले आफ्नो स्वरको दुईवटा हिन्दी गीतको रेकर्डिङ भइसकेको जनाए । उनले लकडाउनका बेला घरमै बसिरहेका मानिसलाई मनोरन्जन दिन फेसबुक लाइभबाट निरन्तर गीत गाएर संकलित रकम च्यारिटीलाई समेत प्रदान गरेका थिए ।

म्यूजिक भिडियो

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू