शनिबार, जेठ ५, २०८१
13:48 | १८:३३

अन्तरराष्ट्रिय धादिङ समाजले पायो पूर्णता, संरक्षक र सल्लाहकार समिति गठन

नेपाली लिङ्क डिसेम्बर २५, २०२१

लण्डन । अन्तरराष्ट्रिय धादिङ समाजले सात सदस्यीय संरक्षक समिति र पच्चीस सदस्यीय सल्लाहकार समिति गठन गर्दै आफ्नो संगठनलाई पूर्णता दिएको छ । नवगठित  संरक्षक समितिमा समाजका निवर्तमान अध्यक्ष नानु काजी अर्याल, प्रा. डा. पदम सिमखडा, रामशरण सिमखडा, प्रा. डा. अर्जुन अर्याल, लोक प्रसाद दाहाल, आर.के. त्रिपाठी र अर्जुन धरेल मनोनित भएका छन् ।

यसैगरी समाजले पच्चीस  सदस्यीय सल्लाहकार समिति गठन गरेको छ जसमा मनोज गोर्खाली, उल्का घिमिरे, भुवन गुरुङ, प्रकाश धमला, कृष्ण प्रसाद तिमल्सेना, डा. प्रताप छत्कुली, किरण अधिकारी, डा. कमल अर्याल, बिराज भट्ट, निराजन गौली, भवानी तिवारी, कृष्ण खनाल, चिज कुमार तामाङ, बाल कृष्ण श्रेष्ठ, प्रमोद भट्ट, तेज अर्याल, रबिन्द्र अधिकारी, कृष्ण न्यौपाने, केशब अधिकारी, आरबि घले, दिवाकर पाण्डे, सुजन अधिकारी, सीता अर्याल, नर बहादुर घले, मनोज थापा छन् ।

कार्यसमितिको यस अघिको बैठकले संरक्षक समिति तथा सल्लाहकार समिति मनोनित प्रक्रियामा संस्थाका अध्यक्ष राजन खकुराल र महासचिव राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिएको थियो । १० अक्टोबरमा सम्पन्न महाधिवेशनले खकुरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो। अन्तराष्ट्रिय धादिङ समाज धादिङबाट विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठन हो ।

समाजले शुरुवातदेखि नै जिल्लाका विभिन्न स्थानमा थुप्रै परोपकारी काम गरिसकेको छ । विशेष गरी समाजले विपत्ति परेको समय वा अन्य प्राकृतिक प्रकोपको बेलामा मातृभूमिलाई सहयोग गर्दै आएको छ । संगठनले पूर्णता पाएसँगै समाजका अध्यक्ष खकुरालले संस्थाले निर्दिष्ट गरेका उद्देश्यहरु पूरा गर्न एकबद्ध भएर अघि बढ्ने नेपाली लिंकलाई बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू