शनिबार, जेठ ५, २०८१
12:09 | १६:५४

पत्रकार शिव भण्डारी एनआरएनए यूकेको कार्यवाहक प्रवक्ता नियुक्त

नेपाली लिङ्क डिसेम्बर २२, २०२१

लन्डन । पत्रकार शिव भण्डारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यवाहक प्रवक्ताको जिम्मेवारी पाएका छन् । एनआरएनए यूके मिडिया विभागको हालै सम्पन्न बैठकले विभागका संयोजक रहेका भण्डारीलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो ।

बेलायतस्थित सक्रिय पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ यूकेका उपाध्यक्ष एवम् लन्डननेपालन्यूजका प्रधान सम्पादक पनि हुन् ।  

संघका प्रवक्ता केही समयको लागि नेपाल जाने भएकाले भण्डारीलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको हो ।  

विभागका प्रमुख संयोजक तथा संघका प्रवक्ता भरतमणि चोङवाङको अध्यक्षतामा आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले यूकेमा  कार्यरत मिडियाहरुसंग सम्पर्क बिस्तार गरी संस्थाका गतिविधिहरुबारे सदस्य तथा शुभेच्छुकहरुसम्म व्यवस्थित रुपमा सूचना प्रवाह गर्ने  निर्णय गरेको कावा प्रवक्ता भण्डारीले जनाए  

बैठकले संघको मुखपत्र ‘एनआरएन भ्वाइस’ नियमित रुपमा प्रकाशन गर्ने पनि निर्णय गरेको छ ।

एनआरएनए यूके मिडिया (प्रेस तथा पब्लिकेशन) विभागमा प्रमुख भरतमणि चोङवाङ छन् भने संयोजक शिव भण्डारी हुन् । विभागमा अमित थेवे सदस्यसचिव एवम् मन्दिप केसी, किरण राई र सिर्जना निंग्लेखु सदस्य छन् । भगीरथ योगी विभागमा सल्लाहकार छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू