शनिबार, जेठ ५, २०८१
09:41 | १४:२६

पहिचान पुरस्कार पथेर र कदमलाई

नेपाली लिङ्क डिसेम्बर २२, २०२१

लन्डन । यस वर्षको पहिचान पुरस्कार दुई कृतिले पाउने भएका छन् । पहिचान पुरस्कार कोषले वि.सं २०७८ का लागि श्याम शाहको कथा संग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यसअघि पुरस्कारका लागि छनोटमा परेका कृतिहरुमध्ये यी दुईलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।  

पुरस्कारको राशी चार लाख दुई हजार दुई रुपैयाँ छ। 

वार्षिक रुपमा वितरण हुँदै आएको पहिचान पुरस्कार यसअघि ४ वटा कृतिले पाइसकेका छन् । राजन मुकारुङको निवन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको उपन्यास ‘भुइया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् ।  

त्यस्तै, पहिचान कोषले पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू