शनिबार, जेठ ५, २०८१
09:08 | १३:५३

बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

रासस-सिन्ह्वा डिसेम्बर १७, २०२१


लन्डन । बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौताले लन्डन र क्यानबेराबीचको ब्रेक्जिटपछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ।

‘बेलायतले अष्ट्रेलियासँग ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । इयु  छाडेपछिको हाम्रो पहिलो, डिजिटल र सेवाहरूमा नयाँ विश्वव्यापी मापदण्डहरू तयार गर्ने र बेलायत र अस्ट्रेलियाका लागि नयाँ काम र यात्रा अवसरहरू सिर्जना गर्ने यसको उद्देश्य हो,’ विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

जुन महिनामा दुई देशका प्रधानमन्त्रीबीच सम्झौताका लागि सहमति भएको थियो र दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकेको छ।

अन्तर्राष्ट्रिय व्यापार सचिव एनी-मारी ट्रेभल्यानले बिहीबार राति भर्चुअल समारोहमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेर अब संसद्मा प्रस्तुत गरिने विज्ञप्तिमा जनाएका छन् ।

बेलायतले २०२० मा युरोपेली संघबाट बाहिरिने प्रक्रिया पूरा गरी अब अन्य देशहरूसँगको व्यापारिक सम्बन्धलाई नयाँ आकार दिइरहेको छ।

नयाँ सम्झौताले बेलायत-अष्ट्रेलियाको व्यापारलाई करिब १०.४ बिलियन पाउण्डले वृद्धि गर्ने र बेलायतको निर्यातमा लाग्ने शुल्क पूर्ण रूपमा हटाउने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू