बुधबार, वैशाख ५, २०८१
20:53 | ०१:३८

लिभरपुल नेपाली समाजको ब्याडमिन्टन टूर्नामेन्टमा अल्डरसटलाई ट्रफी

नेपाली लिङ्क डिसेम्बर १६, २०२१

लण्डन । लिभरपुल नेपाली समाजले गत १५ डिसेम्बर बुधवार इण्टर सिटी ब्याडमिन्टन टूर्नामेन्ट गरेको छ । 

उक्त प्रतियोगिताको अति नै प्रतिस्पर्धात्मक र रोचक फाइनल खेलमा गोपाल थापा र सिद्धान्त घिमिरेलाई हराउँदै अल्डरसटका जोडी कृष्ण गुरुङ र राज सिंहले पहिलो स्थान हासिल गरेका छन् । 

लिभरपुल नेपाली समाजका उपाध्यक्षद्वय भक्त गुरुङ र विनोद शर्माले विजयी खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

समाजका अध्यक्ष देउमान इजमले सम्पूर्ण खेलाडीलाई धन्यवाद तथा विजयी हुनेलाई वधाइ दिए ।

प्रतियोगितामा लिभरपुलबाट ३, रेडिङबाट ३, म्याकसफिल्ड बाट ३ र अल्डरसटबाट १ टीमले भाग लिएका थिए । 

रेडिङबाट प्रतिनिधित्व गरेका गोपाल थापा र सिद्धान्त घिमिरेले दोस्रो स्थान प्राप्त गरे भने रेडिङकै विक्रम श्रेष्ठ र अमृत गुरुङको अर्को टीमले तेस्रो स्थान सुरक्षित गरयो ।

प्रतियोगिता सकिएपछि समाजका सल्लाहकार समेत रहेका दिलिप कुंवरले सम्पूर्ण प्रतिस्पर्धीहरुलाई आफ्नो रेस्टुरेन्ट मेक्सिकन हाउस लिभरपुलमा स्वादिस्ट खानाको प्रबन्ध साथै न्यानो आतिथ्य प्रदान गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू