शनिबार, जेठ ५, २०८१
09:30 | १४:१५

क्यान्सर पीडितको उपचारकै क्रममा निधन भएपछि 
टुहुरा सन्तानलाई सहयोग

नेपाली लिङ्क डिसेम्बर १६, २०२१

लन्डन । नेपालमा क्यान्सर पीडित जमुना परियारको उपचारकै क्रममा निधन भएपछि उनका टुहुरा छोराछोरीका लागि बेलायतबाट आर्थिक सहयोग भएको छ ।

बाग्लुङ्ग पैंयुपाटा मुसुराबारी-५ निवासी जमुना क्यान्सरबाट थलिएपछि उनका भतिजा लन्डनस्थित विरास परियारसमक्ष आर्थिक सहयोगको अपिल आयो ।

पोखरा बगरमा गिटी कुटेर जिविकोपार्जन गर्ने जमुनाका श्रीमानले अर्कै बिहे गरेर बेग्लै बसेका र छोराछोरी नाबालक नै भएकाले बेलायतमा सहयोग संकलन अभियान शुरु गरिएको थियो ।

उपचार सहयोगार्थ विरासकै संयोजनमा चन्दा संकलन भइरहंदा जमुनालाई चिकित्सकले बचाउन सकेनन् ।

आमा बितेपछि १६ र १७ वर्षका छोरा छोरीको विचल्ली भएपछि जमुनाका लागि उठाइएको रकम बालबालिकालाई हस्तान्तरण गरिएको हो ।

बेलायतबाट २ लाख ३ सय ८० रुपैयां, बलेवा सेवा समाज जापानबाट ४६ हजार १ सय ३४ रुपैंया, कतारबाट १३ हजार ३ सय ३३ रुपैयां, बेल्जियमबाट ५ हजार ६ सय, सुडानबाट २५००, साउदीबाट ३ हजार र नेपालबाट २ हजार रुपैंया गरि कुल २ लाख ७२ हजार ९४७ रुपैया बाग्लुङ्ग पैयुंपाटा पोखरा सेवा समाजका सल्लाहकार दिपक परियारको बैंक खातामा पठाइएको हो ।

आर्थिक संकलनमा लन्डनका व्यवसायी जनक रोका र सुरज सेवा (जय कुमार) खटिएका थिए ।

‘साथी विरासको फुपु र उनका छोरा छोरीको दर्दनाक भिडियो विभिन्न माध्यमबाट हेर्दा गाउंले चेलीको दर्दानाक अवस्थाले मन थाम्नै गारो भयो । त्यसैले म अलिबढी समय दिएर विरास परिवारको अभियान सफल बनाउने कोशिसमा लागें’- लन्डनस्थित व्यवसायी तथा समाजसेवी जनक रोकाले भने, ‘हाम्रो खर्चको सानो अंश कम गरेर कसैलाई राहत भइ बांच्ने प्रेरणा मिल्छ भने त्यो भन्दा पूण्य काम केही हुन सक्दैन् ।’

रोकाले सहयोगदाता सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू