शनिबार, जेठ ५, २०८१
07:34 | १२:१९

बेलायतको ‘रेड लिष्ट’ बाट सबै मुलुक मुक्त

नेपाली लिङ्क डिसेम्बर १४, २०२१

लन्डन । कोरोना संक्रमणको पछिल्लो नयाँ भेरिएन्ट ‘ओमोक्रोन’ का कारण बेलायत सरकारद्वारा लागू गरिएको यात्रा प्रतिबन्धको ‘रेड लिष्ट’ मा परेका सबै मुलुक मुक्त हुने भएका छन् ।

बुधबार बिहान ४ बजेदेखि लागू हुनेगरी बेलायत सरकारले एघार वटा मुलुकलाई रेड लिष्टको सूचीबाट हटाउने निर्णय गरेको हो । उक्त सुचीबाट हट्ने मुलुकमा एंगोला, बोत्स्वाना, एस्वाटिनी, लेसोथो, मलावी,मोजाम्बिक, नामिबिया, नाइजेरिया, साउथ अफ्रिका, जाम्बिया र जिम्बावे छन् ।

नोभेम्बर अन्तबाट यी मुलुकलाई बेलायतको यात्रा प्रतिबन्धको रेड लिष्टमा राखिएको थियो । रेड लिष्टमा राखेपछि ति मुलुकहरुले विरोध गर्दै आएका थिए ।

‘ओमिक्रोन’ संक्रमण विभिन्न मुलुकमा व्यापक फैलिएको हुनाले उक्त नियम सान्दर्भिक नहुने स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् ।

रेड लिष्टमा परेका मुलुकबाट बेलायत आउने यात्रुले ११ रातको अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ भने सोबापत लाग्ने खर्च दुई हजार २८५ पाउण्डसमेत स्वयमले व्यहोर्नुपर्नेछ ।

आइसोलेसन नियम उलंघन गरेको पाइए पाँच सय देखि दश हजार पाउण्डसम्म जरिवाना गरिने नियम छ ।

तर, बुधबारबाट सबैले मुक्ति पाउनेछन् । होटल क्वारेन्टाइन बस्दा खान असुविधा भएको भन्दै चर्को आलोचना हुँदै आएको थियो । तर, बेलायत भित्रिएको ४८ घण्टाभित्र कोभिड टेष्ट र दुई दिनभित्र पीसीआर टेष्ट भने गर्नुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू