बिहीबार, वैशाख १३, २०८१
14:10 | १८:५५

तालिबान महिला अधिकार रक्षाका लागि प्रतिबद्ध, नयां निर्देशिका जारी

रासस/सिन्ह्वा डिसेम्बर ४, २०२१

काबुल, १८ मङ्सिर– अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिला अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

यहाँका सर्वोच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका हुन् । शुक्रबार तालिबान सरकारका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले सो निर्देशिका जारी गरेका छन् ।

उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ । उनीहरुले विद्यालय जान पाउने र बिवाहका क्रममा पनि महिलामाथि कुनै दबाब दिन नपाइने बताइएको छ ।

त्यसैगरी महिलालाई उनीहरुका अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ । एकल महिलाले पनि आफ्नो इच्छा बमोजिम विवाह गर्न पाउने पनि सो कानूनमा जनाइएको छ ।

त्यसैगरी कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमति राखेको छ भने पनि उसले इस्लामिक कानूनअनुसारका अधिकार महिलालाई दिनुपर्ने सो कानुनमा जारी गरिएको छ ।

अफगानिस्तानमा महिला अधिकार हनन् भएका कैयौँ उदाहरण छन् । अहिले तालिबानहरु सत्तामा आएपछि पनि उनीहरुले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रुपमा आलोचना भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू