आइतबार, वैशाख २३, २०८१
20:56 | ०१:४१

बेलायतमा जनवरीसम्म १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने   

रासस-सिन्ह्वा डिसेम्बर १, २०२१

लन्डन । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमित फेला परेपछि बेलायत सरकारले कोरोनाविरुद्ध खोपको तेस्रो अर्थात ‘बुस्टर’ डोजलाई विशेष प्राथामिकतामा राखेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन् । उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले भनेका छन् – ‘सरकारले आगामी जनवरी अन्त्यसम्ममा बेलायतका सबै १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।’

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरी अन्तिमसम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि जोनसनले बताए । उनले अब अहिलेकै अवस्थामा बेलायतमा अर्को लकडाउन नगरिने पनि बताए ।

प्रधानमन्त्रीले नयाँ भाइरस ‘ओमिक्रोन’ विरुद्ध लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिए अब लकडाउनको अवस्था नआउने पनि उल्लेख गरे ।

बेलायतमा करिब  ३२ प्रतिशतले बुस्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू