शनिबार, वैशाख २२, २०८१
11:56 | १६:४१

एनआरएनए यूके कार्यसमितिले पायो पूर्णता, चार सदस्य मनोनित

नेपाली लिङ्क डिसेम्बर १, २०२१

अल्डरसट । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यसमितिले पूर्णता पाएको छ । संघको विधानले व्यवस्था गरेअनुसार कार्यसमितिमा एक प्रवक्तासहित चार कार्यसमिति सदस्यहरु मनोनित गरिएको छ । 

संघले गत अक्टोबरमै भरतमणि चोङवाङ लिम्बूलाई प्रवक्ता तथा आवेश राई र श्याम लुईटेललाई सदस्यमा मनोनित गरेको थियो । तर, कार्यसमितिमा उजुरी परेको भन्दै लुइंटेलको मनोनयन अहिले ‘होल्ड’ मा राखिएको छ ।  

यसैगरी, यहि नोभेम्बर २० मा बसेको कार्यसमितिको बैठकले थप तीन जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।  

एनआरएनए यूकेले तमुधिं युकेका अध्यक्ष तथा वरिष्ठसमाजसेवी हितकाजी गुरुङ, एनआरएनए अभियानमा सक्रिय अभियन्ता क्षमता ढकाल र ग्याञ्जु शेर्पालाई सदस्यमा मनोनित गरेको हो । उनीहरुले नेपाली समाजमा पुर्याएको योगदान तथा एनआरएनए अभियानमा निरन्तरको संलग्नताको उच्च मुल्यांकन गर्दै कार्यसमितिमा मनोनित गरिएको जनाइएको छ । 

यसअघि प्रवक्तामा मनोनित भरतमणि चोङवाङ लिम्बू बेलायतमा एक सफल व्यवसायी तथा तथा पूर्व गोर्खा हुन् । त्यसैगरी, कार्यसमिति सदस्यमा मनोनित आवेश राई सूचना प्रविधि विज्ञ तथा चार्टर एकाउन्टेन्ट समेत हुन् ।

कार्यसमिति सदस्यमै मनोनित पत्रकार श्याम लुईटेलको सम्बन्धमा भने कार्यसमितिमा उजुरी परेकोले त्यस सम्बन्धमा एक छानविन समिति गठन गरी भइरहेका कारण हालसम्म सपथ ग्रहण गराइएको छैन । 

गत अगष्टमा नयाँ कार्यसमिति निर्वाचित भएपछि कार्यसमितिमा मनोनयनका साथै  विभिन्न १८ विभाग तथा टास्कफोर्सहरु गठन गरी काम अघि बढाइएको एनआरएनए यूकेले जनाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू