शुक्रबार, वैशाख १४, २०८१
10:24 | १५:०९

ओमिक्रोन भेरियन्टका कारण अष्ट्रेलियाको सीमा खोल्न ढिलाइ

रासस/एएनआई/सिन्ह्वा नोभेम्बर २९, २०२१

क्यानबेरा, अष्ट्रेलिया, १३ मङ्सिर– अष्ट्रेलिया सरकारले कोभिड-१९ को ओमिक्रोन संस्करणको बढ्दो चिन्ताको कारण देशको सीमानाहरू खुला राख्न ढिलाइ गरेको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले सोमबार राति राष्ट्रिय सुरक्षा समिति (एनएससी) ले डिसेम्बर १ देखि डिसेम्बर १५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थी र भिसा धारकहरूका लागि सीमा प्रतिबन्धहरू खुकुलो पार्ने योजनालाई धक्का दिएको बताएका छन् । ओमिक्रोनले डेल्टा भेरियन्ट भन्दा ठूलो खतरा छ कि छैन भनेर मुल्यांकन गर्न थप समय आवश्यक भएको जनाइएको छ ।

अस्थायी बिरामले अष्ट्रेलियाले खोपको प्रभावकारिता, रोगको दायरा, यसले थप हल्का लक्षणहरू उत्पन्न गर्न सक्छ, र प्रसारणको स्तरसहित ओमिक्रोन भेरियन्टलाई अझ राम्ररी बुझ्नका लागि आवश्यक जानकारी संकलन गर्नसक्छ भन्ने सुनिश्चित गर्नेछ भन्नेबारे अध्ययन भइरहेको छ ।

अष्ट्रेलियाको सिमाना मार्च २०२० पछि पहिलो पटक भिसा धारकहरूका लागि खुला भएको थियो, जसले आप्रवासीहरूलाई देशमा प्रवेश गर्न र आकर्षक अन्तर्राष्ट्रिय शिक्षा बजार पुनः सुरु गर्न मार्ग प्रशस्त गर्दै थियो ।

यसैबीच जापान र दक्षिण कोरियाबाट हुने यात्रा पुनः खोल्ने समय पनि डिसेम्बर १५ सम्म ढिलाइ गरिएको छ ।

पूणर्रूपमा खोप लगाएका अष्ट्रेलियाली नागरिकहरू र बासिन्दाहरूले अझै पनि उनीहरू आइपुगेको राज्य वा क्षेत्रमा क्वारेन्टिनमा बस्ने गरी देशमा प्रवेश गर्न सक्नेछन् ।

सोमबारसम्म अष्ट्रेलियाले नयाँ भेरियन्टका पाँच वटा संक्रमण पुष्टि गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू