शुक्रबार, वैशाख १४, २०८१
12:01 | १६:४६

बेलायतमा पनि भेटियो नयाँ भाइरस ‘ओमिक्रोन’

नेपाली लिङ्क नोभेम्बर २७, २०२१

लन्डन । घातक र संक्रामक ठानिएको कोभिडको नयां भेरियन्ट ‘ओमिक्रोन’ बाट बेलायतमा पनि दुई जना ​
संक्रमित भएका छन् । चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् ।

नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा यसअघि नै पहिचान गरिएको छ । बेल्जियम लगायतका मुलुकमा पनि यो भाइरस देखिन थालेपछि यात्रा प्रतिबन्ध थप कडाइ गर्न थालिएको छ ।

बेलायत सरकारले शुक्रबार थप ६ वटा मुलुकलाई सोमबारदेखि लागू हुने गरि यात्रा प्रतिबन्धको रेड लिष्टमा राख्ने घोषणा गरेको थियो । सरकारले आज शनिबार एंगोला, मोजाम्बिक, मालावी र जाम्बियालाई पनि रेड लिष्टको सूचीमा राख्ने भएको छ ।

नयाँ भाइरसका कारण बेलायत सरकारले सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० वटा मुलुकलाई रेड लिष्टमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।

बेलायतमा समेत नयाँ भेरिएन्ट देखा परेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज सांझ नै बैठक डाकेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड–१९ संस्करणलाई ‘ओमिक्रोन’ नाम दिएको हो ।

विश्व स्वास्थ्य संगठनले यसलाई अत्यन्तै चिन्ताजनक भन्दै टिप्पणी गरेको छ । युरोप, अमेरिका लगायत विभिन्न मुलुकले अफ्रिकन मुलुकबाट हुने हवाई उडानलाई प्रतिवन्ध गरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू