शुक्रबार, चैत १६, २०८०
10:49 | १६:३४

एमाले महाधिवेशनमा भाग लिन बेलायतबाट गए दुई प्रतिनिधि

नेपाली लिङ्क नोभेम्बर २३, २०२१

लन्डन । नेकपा एमालेको दशौं महाधिवेशनमा बेलायतबाट पनि दुई प्रतिनिधिले भाग लिने भएका छन् । यही मंसिर १० देखि १२ सम्म चितवनमा हुन लागेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बेलायतबाट भक्त गुरुङ र कल्पना त्रिपाठी सहभागी हुने भएका हुन् ।

पार्टीको प्रवास कमिटीबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका उनीहरु बेलायतबाट नेपाल प्रस्थान गरिसकेका छन् । उनीहरुमध्ये गुरुङ एमालेनिकट प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष हुन् भने त्रिपाठी युरोप कमिटीकी महिला विभाग प्रमुख हुन् ।

एमालेको दशौं महाधिवेशनमा बेलायतका गुरुङ र त्रिपाठीसंगै प्रवासबाट कुल ३० प्रतिनिधि सर्वसम्मतिमा चयन भएका थिए । युरोप, अमेरिका, ओसिनिया, मध्य पूर्व (खाडी क्षेत्र) र पूर्वी एशियाबाट ५-५ जनाका साथै अन्तरराष्ट्रिय कमिटीबाट ५ प्रतिनिधि चयन भएका हुन् ।

यसैबीच, महाधिवेशनका लागि नेपाल प्रस्थान गर्नुअघि मञ्चका अन्तराष्ट्रिय कमिटी अध्यक्ष गुरुङले महाधिवेशनलाई नेपालको लोकतन्त्रलाई परिपूर्ण पार्ने महाअभियानको एउटा महत्वपूर्ण खुड्किलो भनेका छन् । महाधिवेशन सफलताको लागि सहयोग र शुभेच्छाका लागि पनि उनले आव्हान गरेका छन् ।

त्यस्तै, मञ्चको युरोप कमिटीकी महिला विभाग प्रमुख त्रिपाठीले प्रवासी नेपालीको समस्याहरु पार्टीमा राख्न, संगठन बलियो बनाउन र देशको हितमा आवाज उठाउन आफू महाधिवेशनमा सहभागी हुन लागेको बताएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू