मंगलबार, मंसिर २१, २०७८
09:03 | १४:४८

बेलायतका नवलपुरेहरु वुल्भरह्यम्पटनमा भेला हुँदै, नयाँ नेतृत्व चयन हुने

नेपाली लिङ्क नोभेम्बर २३, २०२१

फाइल तस्विर

लन्डन । नेपालमा नवलपुर घर भइ बेलायतमा बस्दै आएकाहरुको संस्था ‘नवलपुर जिल्ला समाज बेलायत’ मा यतिबेला नयाँ नेतृत्व चयनको तयारी छ ।  

समाजले यही आइतबार नोभेम्बर २८ आइतबारका दिन आफ्नो दोस्रो अधिवेशन गरी नयाँ कार्यसमिति निर्वाचित गर्ने भएको हो ।

बेलायतको मिडल्यान्ड वुल्भरह्याम्पटन क्वीन स्ट्रिटस्थित न्यू जोनी स्पाइस रेष्टुरेन्टमा बिहान ११ बजे अधिवेशन शुरु हुनेछ ।  

अधिवेशनमार्फत् नयाँ कार्यसमिति निर्वाचित गर्न सल्लाहकार होम शर्माको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ । समितिमा टिकाराम सापकोटा पनि सदस्य छन् ।  

अधिवेशन आयोजनाको लागि संयोजन डा. हेमराज सापकोटा, मिलन सापकोटा र रामचन्द्र सुवेदीले गरेका छन् ।  

अधिवेशनमा बेलायतभरबाट नवलपुरेहरु सहभागी हुने बताइएको छ ।  

यसअघि बेलायतमा बस्ने नवलपुरेहरु समेट्दै सन् २०१८ मा समाज स्थापना भएको थियो । संस्थालाई हालसम्म ईन्द्रजीत सारुले नेतृत्व गर्दै आएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू