शुक्रबार, चैत १६, २०८०
07:52 | १३:३७

एनआरएन निर्वाचनमा परराष्ट्रको फेरि हस्तक्षेप, कुमार पन्त भन्छन्- अदालत जान्छौँ

नेपाली लिङ्क नोभेम्बर २२, २०२१


काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा फेरि हस्तक्षेप गरेको छ । 

मन्त्रालयले एनआरएनएलाई एक पत्र लेख्दै चुनाव गराउने जिम्मा संरक्षक परिषद्लाई दिन निर्देशन दिएको छ । आउंदो डिसेम्बर १५ का लागि निर्वाचन घोषणा भएको गत शुक्रबारकै दिन मन्त्रालयले पत्र लेखेको  हो ।  

यसअघि गत अक्टोबरमा निर्धारित एनआरएनए निर्वाचन पनि परराष्ट्रकै हस्तक्षेपपछि रोकिएको थियो ।  

संस्थाभित्र अहिले देखिएका विवाद समाधान गरी सन् २०२१ भित्रै संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्य विधानको धारा १६ बमोजिम गठित संरक्षक परिषद्मार्फत गर्न भनिएको छ । संरक्षक परिषदको प्रमुख पूर्व अध्यक्ष शेष घले हुन् ।  

त्यस्तै,  ६५ प्रतिशत डेलिगेट छनोट पनि राष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित कार्यसमितिहरुलाई दिन भनिएको छ । संघको विधानमा ६५ प्रतिशत डेलिगेट छनोट निर्वाचनअघि तत्कालिन कार्यसमितिले गर्ने व्यवस्था छ ।  

यसैबीच संघका अध्यक्ष कुमार पन्तले परराष्ट्रको हस्तक्षेपलाई ‘नांगो हस्तक्षेप’ भन्दै प्रतिवाद गर्ने बताएका छन् । यसविरुद्ध अदालतको ढोका ढक्ढक्याउन जाने पन्तले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू