सोमबार, जेठ ७, २०८१
23:31 | ०४:१६

बाइडेनद्वारा नौसेना आणविक प्रणोदन सम्झौता अनुमोदन

रासस–एएनआई/स्पुतनिक नोभेम्बर २१, २०२१

तस्बिर एएफपी

वासिङटन अमेरिका, मङ्सिर ४–अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र युनाइटेड किङडम (AUKUS) बीच नौसेना आणविक प्रणोदन जानकारी आदानप्रदान गर्न प्रस्तावित सम्झौतालाई अनुमोदन गरेको व्हाइट हाउसले जनाएको छ ।

‘मैले तपाईंको नोभेम्बर १५, २०२१ को ज्ञापनपत्रमा लिइएका स्थानहरूमा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया सरकार, र ब्रिटेन सरकार बीचको प्रस्तावित सम्झौताको अनुमोदनको लागि सिफारिस गरेको समीक्षा गरेको छु र सहमत छु । नेभल न्यूक्लियर प्रोपल्सन सूचनाको आदानप्रदानका लागि  म यस सम्झौतालाई अनुमोदन गर्दछु’, बाइडेनले शुक्रबार ह्वाइट हाउसले प्रदान गरेको ज्ञापनमा बताएका छन् ।

यसैबीच, बाइडेनले शुक्रबार अमेरिकी राष्ट्रपतिको रूपमा आफ्नो भूमिका र थ्यांक्ससगिभिङ परम्पराको रूपमा पहिलो पटक दुई टर्कीहरूलाई माफी दिएका छन्।

पिनट बटर र जेली नामक दुईवटा टर्कीलाई गुलाब बगैंचामा करिब १०० पाहुनाको उपस्थितिमा भएको परम्परागत समारोहमा माफी दिइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू