सोमबार, जेठ ७, २०८१
03:18 | ०८:०३

इजिप्टका राष्ट्रपति र बेलायतका राजकुमारबीच भेटवार्ता

रासस/सिन्ह्वा नोभेम्बर १९, २०२१

तस्बिर एपी

कायरो, ३ मङ्सिर– इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसि र बेलायतका राजकुमार चाल्र्सबीच भेटवार्ता भएको छ ।

आतंकवाद अन्त्य गर्ने विषयमा उनीहरूबीचको भेटवार्ता केन्द्रित भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

इजिप्टको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा पनि उनीहरूले क्षेत्रीय विविध विषयमा छलफल गरेको उल्लेख छ ।

राष्ट्रपति सिसिले राजकुमार दम्पत्तिलाई अल इत्तिहाडिया प्यालेसमा स्वागत गरेको पनि वक्तव्य मार्फत जानकारी दिइएको छ ।

‘उहाँहरूका बीचमा आपसी चासो, साझा हित, दुई पक्षीय सरोकारका विविध विषयमा छलफल भएको छ, विषेश गरेर आतंकवाद र अतिवादका विरुद्धमा संयुक्तरूपमा लड्ने बारेमा छलफल केन्द्रित थियो’, वक्तव्यमा लेखिएको छ ।

मध्यपूर्वको चारदिने भ्रमणका क्रममा बेलायती राजकुमारको टोली इजिप्ट आएको हो । इजिप्टमा उनीहरूको दुईदिने भ्रमण रहेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू