बुधबार, जेठ ८, २०८२
22:18 | ०३:०३

बेलायतमा दैनिक दुई सय बढी संक्रमितको मृत्यु

एक लाख ४२ हजार ३३८ को मृत्यु

नेपाली लिङ्क नोभेम्बर १०, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दैनिक दुई सय नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको बुधबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप २१४ संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन मार्चयताकै बढी २६२ जना संक्रमितको ज्यान गएको थियो । बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार ३३८ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा ३९ हजार ३२९ जना नयाँ संक्रमित थपिएका छन् । यससंगै बेलायतमा हालसम्म संक्रमित हुनेको संख्या ९४ लाख नाघेको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ८२३ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ८ हजार ८५९ छ । यस्तै १०२३ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १० करोड ७१ लाख ५० हजार ७८३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड ३ लाख ३६ हजार १३० जना अर्थात ८७.५ प्रतिशतले खोपको पहिलो र ४ करोड ५८ लाख ९४ हजार २३७ जना अर्थात ७९.८ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी खोपको तेस्रो अर्थात ‘बुष्टर डोज’ लगाउनेको संख्या पनि एक करोड ९ लाख २० हजार ४१६ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू