शनिबार, वैशाख ८, २०८१
23:56 | ०४:४१

एचके नाइटमा प्रस्तुति दिन गायकद्वय राजु लामा र सञ्जिव प्रधान बेलायतमा

नेपाली लिङ्क नोभेम्बर ८, २०२१

तस्विर सौजन्य: क्रिएट एन्ड शेयर

लन्डन । यसै साता आयोजना हुने एक सांगीतिक कार्यक्रममा प्रस्तुति गर्न गायकद्धय राजु लामा र सञ्जिव प्रधान बेलायत आइपुगेका छन् ।

आगामी शुक्रबार साँझ अल्डरसटको एम्पायर हलमा हुने एचके नाइट २०२१ का लागि गायकद्धय बेलायत आएका हुन् । 

सोमबार साँझ लन्डन हिथ्रो विमानस्थलको टर्मिनल ५ मा उत्रिएका गायकद्वय  लामा र प्रधानको साथमा गायिका सरिष्मा अमात्य समेतलाई एचे नाइटका आयोजकहरुले स्वागत गरेका थिए ।

आयोजक हङकङ युथ नेप्लिज एशोसिएसन यूकेका अध्यक्ष सुवास घोतानेका साथमा हेम गुरुङ, राजन गुरुङ, अजय श्रेष्ठ, मिका, पप्पु, आशिष, सुदिप, सुबाससहित सो समूहका दुई दर्जन सदस्य गायकहरुको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेजका निर्देशक किरण गुरुङ पनि कलाकार स्वागतका लागि हिथ्रो गएका थिए ।

आयोजक समूहका अध्यक्ष सुवास घोतानेले गायक लामा र प्रधानलाई पुष्पगुच्छा र खादासहित बेलायतमा स्वागत गरेका थिए । 

लन्डन उत्रिएलगत्तै दुवै गायकहरुले पनि शुक्रबार हुने एचके नाइटमा सहभागी हुन बेलायतवासी नेपालीहरुलाई निम्तो दिएका छन् । 

कार्यक्रममा गायकद्धय राजु लामा र सञ्जिप प्रधानका साथै बेलायतस्थित कलाकार आइएम गोले, दाजुभाइ ब्याण्ड र सिक्का ब्याण्डको विशेष प्रस्तुति रहनेछ । कार्यक्रम सञ्चालन मिस इंग्ल्याण्ड रनर अप प्रतिष्ठा रावत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङले गर्नेछन् ।

साँझ ७ बजे शुरु हुने कार्यक्रम मध्यरातसम्म चल्नेछ । त्यसपछि अल्डरसटकै प्यालेस हलमा आफ्टर पार्टी आयोजना हुनेछ । जहाँ डिजे एसकाजीले बिहान तीन बजेसम्म नचाउने कार्यक्रम छ । 

कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज छ । कार्यक्रमको हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवाशुल्कमा २५ प्रतिशतको छुट समावेश छ । टिकट प्रायोजक मःम स्टेसनले पनि हरेक टिकटलाई आफ्नो रेष्टुरेन्टमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ । 

कोभिड महामारीयता नेपालका चर्चित कलाकारहरुको साथमा बेलायतमा साँगीतिक प्रस्तुति हन लागेको यो पहिलो अवसर हो ।

बेलायतवासी नेपाली दर्शकहरुको लामो प्रतिक्षापछि हुन लागेको कार्यक्रमलाई विशुद्ध सांगीतिक र मनोरञ्जनात्मक बनाइने आयोजकले बताएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू