बिहीबार, वैशाख २७, २०८१
02:40 | ०७:२५

इथियोपिया हिंसाबारे राष्ट्रसंघको गम्भीर चासो

रासस/सिन्ह्वा नोभेम्बर ४, २०२१

संयुक्त राष्ट्रसंघ १७ कात्तिक– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समय जारी रहेको हिंसाबारे गम्भीर चासो लिएका छन् ।

उनले पछिल्ला केही दिनमा इथियोपियामा भड्किएको हिंसा र देशमा संकटकाल पनि लागेकाले यसबाट नागरिकहरु बाच्न पाउने तथा दैनिक अधिकारहरुमाथि असर परिरहेकोप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण भएको जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा गुटर्रेसले यहाँ हिंसाको अन्त्य गर्न तथा अप्ठेरोमा परेका नागरिकलाई मानवीय सहायताका लागि तत्परता देखाउन पनि सरकारलाई आग्रह गरिएको छ ।

यहाँको हिंसामा सत्रुता बढ्दै जाँदा यसबाट इथियोपियाका नागरिकले नै दुःख पाउने भएकाले यसतर्फ सरकार तथा अरु विपक्षी तथा विद्रोहीहरुले सोच्नुपर्ने महासचिव गुटर्रेसको भनाई छ ।

विशेषगरी उत्तरी इथियोपियाको टिगरे क्षेत्रमा यस्तो हिंसाको अवस्था देखा परिरहेको छ । जसका कारण यहाँ मानवीय सहयताको खाँचो परेको छ । बालबालिकादेखि महिलाहरु समस्यामा परेका छन् ।

सो क्षेत्रमा हिंसा जारी रहँदा यहाँका नागरिकले खाना, पानी र औषधि पनि पाउन नसकेको बताइएको छ । केही हप्तायतादेखि उत्तरी इथियोपियाको टिगरेलगायतका क्षेत्रमा संघर्ष जारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू