शुक्रबार, २५ जुलाइ, २०२५
00:17 | ०५:०२

बेलायतको बर्मिङहममा सयौंको जमघटमा दशैंतिहार उत्सव (तस्विरहरु)

नेपाली लिङ्क अक्टोबर २७, २०२१

लन्डन । बेलायतको बर्मिङहम क्षेत्रमा बस्ने नेपालीहरुले सयौं जनाको जमघटमा दशैं-तिहार उत्सव मनाएका छन् ।  

शान्ति नेपाली समाज बेलायतको आयोजनामा सोमबार बर्मिङहम वेष्ट ब्रमिचको ‘कन्फरेन्स हल सुइट’ मा विविध सांस्कृतिक कार्यक्रमहरुको साथ दशैं-तिहार सम्पन्न भयो । त्यस अवसरमा ५ सय हाराहारीमा स्थानीय नेपालीको सहभागिता रहेको समाजले जनाएको छ ।  

समाजका अध्यक्ष भोजराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एनआरएनएन यूके उपाध्यक्ष गोविन्द खरेल, समाजका पूर्व अध्यक्षहरु कोशलेश्वर ढकाल र लीलाबहादुर थापा, गुल्मी जिल्ला समाज यूकेकी प्रतिनिधि राधा खरेल, एनआरएनए यूके सहकोषाध्यक्ष सशांक शर्मा, गल्कोट समाज यूके उपाध्यक्ष चन्द्र सहानी, मनकामना महिला समूहकी अध्यक्ष देवी सापकोटा, सिर्जनशिल महिला समूहकी दिव्या श्रेष्ठ, प्रगतिशिल महिला समूह वबिता कार्की लगायतले मन्तव्य राख्दै दशैंतिहारको शुभकामना बांडेका थिए । 

कार्यक्रममा हालै ग्रयाजुएसन पूरा गर्ने विद्यार्थी, नटिङहममा सम्पन्न भलिबलका विजेता समाजको भलिबल टीमका खेलाडीहरु लगायतलाई समाजका तर्फबाट सम्मान गरिएको थियो । निवर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

त्यस्तै, कोभिड महामारीका बेला भर्चुअल अधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका आयुक्त दीपक गैरेले प्रमाणपत्र वितरण गरेका थिए ।  

कार्यक्रममा गायक मनसुदन थापा र गायिका कल्पना श्रीपालले विशेष प्रस्तुति गरेका थिए । त्यस्तै, समाजकी सांस्कृतिक संयोजक सीता पौडेल, विनिता थापा र दिक्षा पौडेलको संयोजनमा एक दर्जन स्थानीय कलाकारले आकर्षक नाचहरु देखाए । 

नाच प्रस्तुत गर्नेहरुमा सम्झना सिंह कार्की, सुष्मा कार्की, सीता अर्याल खरेल, अरु आचार्य विनिता थापा, शिक्षा पौडेल, प्रमिस राना, रोजिना मगर, कोपिला सुवेदी, लक्ष्मी सुवेदी, सिम्रन सापकोटा, दिरोस कंडेल, हेजल अर्याल, एञ्जल अर्याल, आयुष भण्डारी, सोनु केसी, अञ्जली भण्डारी, सुस्मिता न्यौपाने लगायत थिए ।  

आयोजक शान्ति नेपाली समाज बेलायतका अध्यक्ष भोजराज भण्डारीले कार्यक्रमका अतिथि, सहभागीका साथै प्रस्तुति दिने सबै कलाकार र कार्यक्रम सफल पार्न योगदान गर्ने समाजका सबै सदस्यलाई धन्यवाद दिएका थिए ।

त्यसअघि उपाध्यक्ष गोकर्ण  हुमागाइँले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन सीता पौडेल र पदम शाहीले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू