बिहीबार, वैशाख १३, २०८१
15:25 | २०:१०

अल्मुताइरीले गरे एन्फासँग तीन वर्ष सम्झौता

रासस अक्टोबर २७, २०२१

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) संग तीन वर्ष सम्झौता थप गरेका छन् ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षका लागि सम्झौता गरेको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुरयाएका अल्मुताइरी त्यतैबाट कुवेत फर्किएका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले उक्त खेल नेपाली टोलीसंग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताएका थिए ।

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित हुंदै उपविजेता बनेको थियो । मुख्य प्रशिक्षक अल्मुताइरीले तीन वर्ष नेपालको प्रशिक्षक रहन आफू सहमत भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन् ।

उनले छिट्टै आगामी दुई वर्षको लक्ष्य र योजना प्रस्तुत गर्ने पनि सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू