बिहीबार, वैशाख १३, २०८१
17:36 | २२:२१

लन्डन दूतावासको बाग्डोर महिला डिम्प्लोम्याटको कांधमा

नियोग उपप्रमुख खनाल कार्यवाहक राजदूत नियुक्त

नेपाली लिङ्क अक्टोबर २५, २०२१

लन्डन । नेपाली  राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूत नियुक्त भएकी छन् ।

नेपाल सरकारको निर्णयअनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत पदका लागि खनाल कार्यबाहक राजदूत नियुक्त भएकी हुन् ।

राजदूतावासका तत्कालीन उपनियोग प्रमुख/मिनिष्टर काउन्सेलर शरदराज आरण नेपाल परराष्ट्र मन्त्रालय सरुवा भएपछि रिक्त प्रवक्ता र सूचना अधिकारी पदमा खनाल नियुक्त भएकी थिइन् । पाल्पा जिल्लामा जन्मिएकी खनाल कपिलवस्तु हुंदै हाल काठमाडौंमा बसोवास गर्दै आएकी छन् ।

परराष्ट्र सेवामा एक दशक भन्दा बढी समय बिताइसकेकी खनालले यसघि मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् ।

बेलायतका लागि एक्काइसौँ राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएपछि नेपाली दूतावास लण्डन राजदूतबिहीन बनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू