शनिबार, वैशाख १५, २०८१
21:03 | ०१:४८

उलवीच लेटनाइट फार्मेसीमा कोभिड–१९ को बुस्टर डोज पनि उपलब्ध

नेपाली लिङ्क अक्टोबर २१, २०२१

लण्डन । एनएचएसमा रहेको उलवीच लेटनाइट फार्मेसीले कोभिड–१९ को बुस्टर डोज पनि उपलब्ध गराएको छ । यसै वर्षको सुरुवातदेखि पहिलो र दोस्रो डोजको कोरोनाविरुद्धको खोप उपलब्ध गराउँदै आएको फार्मेसीमा बुस्टर डोज पनि लगाउन सकिनेछ ।  

उलवीच लेटनाइट फार्मेसीका अनुसार जुनै प्रकारको कोरोनाविरुद्धको खोप लगाएकाले पनि फाइजर डोज लगाउन सक्नेछन् । फार्मेसीका अनुसार कोभिड–१९ बुस्टर लगाउने क्रममा एनएचएस फ्लु जाब निशुल्क रुपमा अफर गरेको छ ।

उलवीच लेटनाइट फार्मेसीले उपलब्ध गराउने यो सुविधाको लाभ लिन समुदायमा खोपका लागि योग्य भएकाहरुलाई आग्रह गरेको छ ।

के हो कोभिड–१९ बुस्टर भ्याक्सिन ?

कोभिड–१९ बुस्टर भ्याक्सिनले प्रतिरोधात्मकको वृद्धि गर्ने काम गर्छ । यसअघि लगाएका दुईवटा कोरोनाविरुद्धको भ्याक्सिन क्षमतालाई समेत वृद्धि गर्छ । कोभिड–१९ बाट संक्रमित हुन नदिन लामो समय अवधिका लागि सुरक्षा प्रदान गर्ने काम गर्छ ।

कस्ता व्यक्तिले लगाउन सक्नेछन् बुस्टर भ्याक्सिन ?

बुस्टर भ्याक्सिन एनएचएसमा रहेका मानिसहरुलाई उपलब्ध हुनेछ जसले कम्तिमा ६ महिना अघि कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाएका छन् । 

५० वर्ष वा सो भन्दा माथिका व्यक्ति, केयर होममा बस्ने र काम गर्ने, फ्रन्टलाइन हेल्थ र सोसियल केयर वर्कर्स, १६ वा सोभन्दा माथिका जसलाई कोरोना सक्रमण हुने उच्च जोखिम रहेका छन्, १६ वर्ष वा सोभन्दा माथि जो कोरोना संक्रमितको उच्च जोखिममा रहेका हेरचाह गर्दै आइरहेका छन्, १६ वर्ष वा सोभन्दा माथिका जो (एचआइभी, ट्रान्सप्लान्ट वा क्यान्सर रोगी) सहजै संक्रमणको चपेटमा पर्न सक्छन्, गर्भवती महिला जो बुस्टर डोज लगाउन योग्य छन् त्यस्ता व्यक्तिहरुलाई बुस्टर डोज उपलब्ध हुने फार्मेसीले जनाएको छ ।

कसरी र कहिले कोभिड–१९ को बुस्टर पाइनेछ ?

बुस्टर डोज लगाउन ६ महिना अघि कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाएको हुनुपर्ने फार्मेसीले जनाएको छ । एनएचएसले बुस्टर डोज लगाउने मितिबारे जानकारी गराउने फार्मेसीले जनाएको छ । 

एनएचएसमार्फत बुस्टर डोज लगाउनेबारे जानकारी लिन सकिनेछ । अधिकांश व्यक्तिलाई कोरोना बुस्टर डोज लगाउन समय बुकिङ गर्नका लागि आग्रह गरिने बताइएको छ । 

बुस्टर डोज भ्याक्सिनेशन सेन्टर, फार्मेसी र स्थानीय एनएचएस सर्भिस जस्तै जिपी सर्जरीमा उपलब्ध हुनेछ । बुस्टर डोजका लागि फ्रन्टलाइन हेल्थ तथा सोसियल केयर वर्कर्सले अनलाईमार्फत समय बुकिङ गर्न सक्नेछन् । 

एनएचएसले कहिले बोलाउला भनेर कुर्नु समेत पर्ने छैन् । जो व्यक्तिहरु एनएचएस ट्रष्ट वा केयर होममा काम गर्दै आइरहेका छन् उनीहरुलाई उनीहरुकै कर्मचारीबाट कोरोनाको बुस्टर डोज दिइनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू