शुक्रबार, वैशाख १४, २०८१
13:37 | १८:२२

बिसीसी यूकेमा ३ दिने गणचक्र पूजा

नेपाली लिङ्क अक्टोबर २०, २०२१

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेको अल्डरसटस्थित गुम्बामा ३ दिने गण चक्र (छोकभुम) पूजा सम्पन्न भएको छ । गत १६ अक्टोबरदेखि आयोजना गरिएको पूजा सोमबार १८ अक्टोबर साँझ सम्पन्न भएको हो । 

बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका विश्वभर छरिएर रहेका अनुयायी एवं शुचचिन्तक तथा भक्तजनहरुले उनको सुस्वास्थ्य, दिर्घायू साथै धार्मिक लिला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ गणचक्र (छोकभुम) पूजा गरिएको हो ।  

गुम्बाका लामा गुरु खेन्पो कुन्ख्यापले शुरुवात गरेको उक्त पुजामा रिन्पोछे शेरब, लामा रिग्जीन, आनी आदी, गुम्बाका पुजा संयोजक आइबहादुर गुरुङ र सानु लामाले पूजापाठमा साथ दिएका थिए । 

पूजा समापनका  क्रममा पूजा संयोजक एवं बिसीसी यूकेका कोषाध्यक्ष मेजर हितमान गुरुङले पूजा सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका खेन्पो गुरुङ लगायत लामा गुरुहरु, कार्यसमितिका पदाधिकारी, सल्लाहकार, ट्रष्टीज, भक्तजन, गुम्बा स्टाफ, बिशेष गरी आमाहरु लगायत सबैलाई  धन्यवाद दिए ।

त्यस्तै, संस्थापक अध्यक्ष काजी शेर्पाले सो पूजाको महत्वबारे जानकारी गराउँदै पुजा सम्पन्नका लागि बिशेष भूमिका निभाएका झोङसार खेन्चे रिन्पोछेका अनुयायी रिन्पोछे शेरब, आनी आदी, खेन्पो कुन्ख्याप लगायत सबैमा धन्यवाद ज्ञापन गरे । 

३ दिने पूजा सम्पन्न गर्न बिसीसी यूकेका अध्यक्ष धर्म तामाङ, आमा समूह अध्यक्ष उर्मिला गुरुङ, उपाध्यक्ष आङ दावा शेर्पा, महासचिव क्याप्टेन देब घले, संस्थापक अध्यक्ष लेफ्टिनेन्ट काजी शेर्पा, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा सचिव शारदा गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, ट्रष्टीज कमल गुरुङलगायत सल्लाहकार, ट्रष्टीज एवं आमा समूहका सदस्यहरुले महत्वपूर्ण भूमिका निभाएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू