शुक्रबार, वैशाख १४, २०८१
14:19 | १९:०४

प्रतिष्ठा ‘मिस यूनिभर्स ग्रेट ब्रिटेन’ मा सबैभन्दा बढी डोनेसन गर्ने फाइनलिष्ट

नेपाली लिङ्क अक्टोबर २०, २०२१

लन्डन । मिस इंग्ल्याण्ड सेकेन्ड रनर अप २०१९ प्रतिष्ठा राउत (तृष) को ‘मिस यूनिभर्स ग्रेट ब्रिटेन २०२१’ यात्रा अविष्मरणीय रह्यो । गत १६ अक्टोबरमा सकिएको उक्त सौन्दर्य प्रतियोगितामा प्रतिष्ठा सबैभन्दा बढी डोनेशन गर्ने फाइनलिष्ट बनिन् ।

उनले च्यारिटीका लागि ५ सय पाउण्ड र एकसय १३ वटा ब्रा संकलन गरेर आयोजकलाई हस्तान्तरण गरेकी छन् ।

नयां र प्रयोग भइसकेका ति ब्रा सिस्टरहुडमार्फत अफ्रिकामा अति जरुरी परेका महिलालाई वितरण गरिनेछ ।

‘वास्तवमा मिस यूनिभर्स ग्रेट ब्रिटेनको यात्रा सांच्चिकै अविष्मरणीय रह्यो । यो मेरो जीवनकै फरक अनुभव हो’, प्रतिष्ठाले भनिन् ।

उनले आफ्नो च्यारिटी अभियानमा सघाउने सबैप्रति आभार व्यक्त गरेकी छिन् । प्रतिष्ठाले अरु बेला पनि मानसिक स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गर्दै आएकी छन् ।

बेलायत अल्डरसटनिवासी प्रतिष्ठा नेपाली समुदायबाट विश्व प्रख्यात ब्युटी पेजेन्टहरुमा सहभागी भइरहने थोरैमध्ये एक मोडल हुन् ।

उनले गत २१ देखि २७ सेप्टेम्बरसम्म आयोजित ‘मिलान फेसन वीक’ मा सहभागी भएकी थिइन् ।

हङकङमा जन्मिएर ५ वर्षको उमेरदेखि बेलायत बस्न थालेकी प्रतिष्ठाले १६ वर्षमै मोडलिङ थालेकी हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू