मंगलबार, जेठ ७, २०८२
बेलायतमा यस्तो देखियो यो वर्षको दशैं (तस्विरहरु)


नेपाली लिङ्क
अक्टोबर १५, २०२१
लन्डन । नेपालीहरुको महान पर्व विजया दशमी शुक्रबार देश-विदेशमा बस्ने नेपालीहरुले मनाएका छन् ।
बेलायतमा बस्ने नेपालीहरुले पनि आआफ्नै हिसाबले दशैं मनाए । बेलायतमा कतिपयले बिहान ९:१५ को शुभसाइतमै टीका लगाएपनि धेरैले भने त्यसपछि आफ्नो अनुकुल समय मिलाएर आफ्ना मान्यजनहरुबाट टीका लगाए ।
शुक्रबार बेलायतको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर, अल्डरसटस्थित शिव मन्दिर लगायतमा दशैँको टीका-जमरा वितरण पनि गरिएको थियो ।
हेरौं बेलायतका विभिन्न क्षेत्रस्थित नेपालीहरुले मनाएको दशैंका केही तस्विरहरु:

अल्डरसटमा काउन्सिलर प्रवेश केसी

योर्कमा बद्री भट्टराईको दशैं

लन्डनमा नर्स विनु लामिछानेको परिवार

लन्डन प्लमस्टिडमा डा ओम गौतमको घरमा दशैं

नर्दन आयरल्यान्डमा तुलसीराम पौडेल र परिवार

अल्डरसटमा पत्रकार एसके गुरुङको घरमा दशैं

स्कटल्यान्डमा अभियन्ता छविलाल अर्यालको घर
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५