शनिबार, वैशाख ८, २०८१
11:26 | १६:११

बेलायतमा टीकाको शुभ साइत बिहान ९ बजेर १५ मिनेटमा

टीका लगाउने पूर्व र लगाइदिने पश्चिम फर्किनु उत्तम

नेपाली लिङ्क अक्टोबर १४, २०२१


लन्डन । नेपालीहरुको महान पर्व बडादशैंको दशौं तथा प्रमुख दिन विजया दशमी शुक्रबार मनाइँदैछ । विजया दशमीका दिन आफ्ना मान्यजनहरुबाट टीका, जमरा ग्रहण गरी आर्शीवाद लिने परम्परा छ ।

यस वर्ष दशैंको टीकाको शुभ साइत बेलायतमा बिहान ९ बजेर १५ मिनेटमा परेको छ । लन्डन पशुपतिनाथ मन्दिरका मूल पण्डित ज्योतिषी निलहरि घिमिरेका अनुसार शुभ साइतको समयमा शुरु गरेपछि दिनभर नै टीका लगाउन सकिनेछ ।

साइतको समयमा टीका लगाउने पूर्व र लगाइदिने पश्चिम दिशातर्फ फर्किनु उत्तम रहने पण्डित घिमिरेले जनाए ।

बेलायतस्थित पण्डित घिमिरे, पण्डित प्रेम गैरेसहितका पण्डितहरुको संयुक्त निर्णयका आधारमा बेलायतमा टीकाको शुभसाइत जुराइएको हो ।

पण्डितहरुले टीकाको साइत सुर्योदयका आधारमा तय हुने भएकाले नेपाल र बेलायतमा एकै समय नपर्ने बताएका छन् ।

बेलायतमा पण्डितहरुले जुराएको साइतलाई पञ्चांग निर्णायक समितिले समेत मान्यता दिएको पण्डित घिमिरेले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू